केन्द्रीय सदस्यको नामावली अद्यावधिक गर्न जसपाले बनायो कार्यदल

निर्वाचन आयोगबाट दलको आधिकारिकता पाएपछि जसपाको उपेन्द्र यादव पक्षले केन्द्रीय सदस्यको नामावली अद्यावधिक गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । 

मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहेको कार्यदललाई १७ साउनसम्म नामावली अध्यावधिक गरिसक्न जिम्मेवारी दिइएको छ । 

जसपाको बुधबारको बैठकले नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप्‍ने निर्णय गरेको छ । थापाले केही समयअघि जसपासँग पार्टी एकीकरण गरेका थिए । 

निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाको पहिलो बैठक बसेको हो । मंगलबार सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक बुधबार सम्पन्न भएको हो। 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १९:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया