जसपाबाट मन्त्री चयन गर्ने जिम्मा शीर्ष तीन नेतालाई

जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । जसपाले पार्टीबाट सरकारमा मन्त्री चयन गर्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । 

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री चयन गर्ने जिम्मा दिएको हो । 

बैठकमा केही नेताले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानुपर्ने धारणा राखेका थिए भने केहीले अहिलेसम्म अवसर नपाएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका थिए । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार २०:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया