म फिल्म खाेज्दै भाैतारिन्थेँ, मेरी श्रीमतीले घरको खर्च चलाउँथिन् : पंकज त्रिपाठी

बलिउड कलाकार पंकज तिवारीले एक अन्तर्वार्तामा आफ्नो संघर्षशील दिनको बारेमा कुरा गर्दै फिल्मको खोजीमा भौँतारिएको, ६ वर्षसम्म केही नकमाएको र घरको खर्च सबै श्रीमतीको चलाएको बताएका थिए । 

त्रिपाठी भन्छन्,‘इमानदारीले भन्नुपर्दा मैले सन् २००४ देखि २०१० को समयमा केही पनि कमाइनँ । मेरी पत्नी मृदुला घरको सबै खर्च उठाउँथिन् । म अन्धेरीमा फिल्मका लागि सम्बन्धित् मानिससँग बिन्ती गर्थेँ । त्यो समयमा मेरो कुरा कसैले पनि सुनेनन् । अहिले जब म घर जान्छु, मलाई मेरो पार्किङमै फिल्मको अफर आउँछ ।’

‘मेरो आफ्नो पार्किङमा निर्देशक भेटिन्छन्, उनीहरूले मलाई तपाई कहाँ हुनुहुन्छ ? म तपाईसँग एक फिल्म बनाउन चाहन्छु । कृपया एकैछिन बस्नुहोस् भन्छन् । पहिला अन्धेरीमा उनीहरूको खोजी गर्दा कसैले मलाई काम दिएनन् । तर अहिले मेरो पार्किङमा फिल्मको लाइन लाग्छ’, पंकजले थपे । 

सन् २००४ मा रिलिज भएको चलचित्र रनबाट पंकजले बलिउडमा प्रवेश गरेका थिए । पंकजले ६० भन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । उनलाई पछिल्लाे समय निकै मन पराइएकाे छ । धेरै दर्शकले उनलाई मनाेज बाजपेयी, केके मेननजस्ता उम्दा कलाकारसँग तुलना गर्न थालिसकेका छन् ।





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार ८:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया