धितोपत्र बोर्डलाई अर्थमन्त्रालयको प्रश्न : मिडियामा आएका विषयवस्तुको सत्य तथ्य के हो ?

अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । अर्थ मन्त्रालयले पत्र पठाएर मिडियामा आएको विभिन्न समाचारका विषयमा बोर्डसँग स्पष्टीकरण मागेको हो । 

यसअघि विभिन्न मिडियामा सेयर बजारमा चलखेलहरु भइरहेको विषयमा समाचारहरु आएका थिए । सोही विषयमा मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको हो । 

पछिल्लो साता केही मिडियाबाट बोर्डका अध्यक्षले केही कम्पनीको सेयर किनबेचमा चलखेल गरी व्यक्तिगत लाभ लिएको विषयमा समाचारहरु बाहिरिएका थिए । 

मन्त्रालयले सोही समाचारहरुलाई आधार बनाएर बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले चलखेल गरेको भन्ने विषयमा यथार्थ जानकारीसहित ३ दिनभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएको हो ।

मन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बोर्डलाई स्पष्टीकरण पठाउन निर्देशन दिएको हो । 

यसअघि, नेपालमा पहिलोपटक बुक बिडिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको १२ हजार कित्ता सेयर बोर्ड अध्यक्ष ढुंगानाकी छोरीको नाममा नामसारी भएको भन्दै समाचारहरु बाहिरिएका थिए । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १३:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया