मध्यपश्चिम विश्वविद्यालय : अडियो बनाएर ब्ल्याकमेलिङ गरेको उपकुलपति सिंहको आरोप

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले अडियो सार्वजनिक भएको कुराको खण्डन गरेका छन् । अहिले टेक्नोलोजीकाे युग भएकाले त्यसको दुरुपयोग गरी ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहले आफू कहिले पनि भ्रष्टाचारीसँग सम्झौता नगर्ने बताएका छन् ।

आफू उपकुलपतिको जिम्मेवारी पाउनु पूर्व चुर्लुम्म बेरुजुमा डुबेको एमयूलाई केही कम गरेको र ४ वर्षमा यो संस्थालाई मुनाफामा लैजाने जिकिर गरे । आन्दोलनरत रहेका विद्यार्थी तथा प्राध्यापकसँग वार्ता गरिरहेको बताउँदै सिंहले भने वार्ता समिति लागिरहेको छ । विभिन्न विद्यार्थी संगठनहरुसँग वार्ता गरिरहेको भन्दै उनले विवादको समाधान वार्ता नै रहेको बताए । 

वार्ता प्रक्रिया चलिरहेको बेला हिजो साँझ ५ः४२ मा केही व्यक्तिहरुले आफ्नो निजी निवासमा तोडफोड गरेको बताउँदै यस्तो अराजक कार्यको घोर भत्र्सना गरेका छन् । निजी निवासमा आक्रमण गर्ने व्यक्तिहरु विरुद्ध आज नै मुद्दा दिने तयारी भएको जानकारी समेत दिए ।
 
आन्दोलनरत प्राध्यापकहरुप्रति लक्षित गर्दै उपकुलपति सिंहले ‘तलब मध्यपश्चिम विश्वविद्यालयको खाने तर काम भने निजी कलेजमा गर्नेका माग कहिल्यै पूरा नहुने तथा उनीहरुलाई कारबाही गरिने बताए । वार्ता टोलीका संयोजक लीलाधर तिवारीले एक दुई चरणमा वार्ता सम्पन्न भएको तथा सकारात्मक ढंगबाट अगाडि बढिरहेको बताए । 

उपकुलपति डा. सिंहका अनुसार अबको चार वर्षमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफू अघि बढेको र यस्तो भएको हेर्न नचाहनेहरु उकुसमुकुस भएको समेत बताए । कार्यक्रममा वार्ता टोलीका सदस्य, प्राध्यापक तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १४:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया