बाँस्कोटाको व्यङ्ग्य : देउवालाई निरंकुश कस्ले भन्दो रहेछ ? हामी पनि हेरौँ त !
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा शून्य समयको प्रबन्ध मिलाउन लागिपरेको आरोप लगाएका छन् । 

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत देउवाले शून्य समय मिलाउन लागेको बताएका हुन् । कांग्रेस महाधिवेशन सार्नका लागि र पार्टीको वैधानिकता बनाउनका लागि शून्य समयको प्रबन्ध गर्न लागिपरेको बताए । 

देउवाले मौका पाएको अवस्थामा डेढ वर्ष महाधिवेशन सार्ने अथवा अन्तिम अवस्थामा वडा अधिवेशन गर्ने मनसायका साथ अघि बढेको बाँस्कोटाको आरोप छ । 

बाँस्कोटाले अब कांग्रेसले पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्ने पनि ठोकुवा गरेका छन् । बाध्य भएमा वडा अधिवेशन गर्ने नभए सिधै केन्द्रीय महाधिवेशन गर्ने देउवाको तयारी रहेको उनले बताए ।

बाँस्कोटाले लेखेका छन्, 'मैले त पहिल्यै भन्या छु- कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ । नपाए अब वडा तहको गर्छ । तर, पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छ ।' 

बाँस्कोटाले देउवाले गरेका सबै निर्णय प्रजातान्त्रिक नै हुने भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ ? हामी पनि हेरौँ त !'



 



  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १५:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया