काठमाडौंमा आगामी चार दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने

कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन सुरु गरिएको छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिनेछ ।

यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० बजेदेखि सुरु भएको खोप कार्यक्रम साँझ ५ः०० बजेसम्म जारी रहनेछ । 

खोप लगाउनेहरूले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर जानुपर्नेछ । 

हालसम्म करिब तीन लाख नगरवासीले कम्तीमा एक डोज खोप लगाइसकेका छन् ।





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १६:४१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया