सभामुख सापकोटा र गृहमन्त्री खाणबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच आज छलफल भएको छ । 

सिंहदरबास्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच संसदको चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायत विषयमा छलफल भएको हो ।
 
सभामुख सापकोटा र मन्त्री खाणबीच यस वर्ष बाढी–पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । 

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिएका थिए ।  

उनले सिन्धुपाल्चोकको जुरे पहिरोपीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए । 

यस वर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी–पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

गत वर्ष पनि बाढी–पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १७:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया