[भिडियाे] ओली नियमित जान थाले पार्टी कार्यालय

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर अब पार्टी कार्यालय जान थालेका छन् । 

प्रधानमन्त्री पदबाट मुक्त भएपछि बालकोट सरेका एमाले अध्यक्ष ओली केही दिन यता पार्टी कार्यालय निरन्तर आउन थालेको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

‘पार्टी अध्यक्ष नियमित कार्यालय आउनु हाम्रा लागि उत्साहकै कुरा हो,’ तामाङले भनेका छन्, ‘उहाँको स्वास्थ्य अवस्था ख्याल गरेर हामीले सबै प्रबन्ध मिलाएका छौँ ।’

तामाङले ओली निकै सक्रिय भएको पनि स्मरण गरेका छन् ।

‘उहाँ निरन्तर खटिने एक्टिभ मान्छे हो,’ उनले भनेका छन्, ‘यसले पार्टीमा एक खालको उत्साह पनि हुँदो रहेछ ।’





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १९:१७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया