पाँच दिनभित्र क्रियाशील सदस्यता विवाद छिनोफानो गर्ने जिम्मा कांग्रेस शीर्ष नेतालाई

नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ । 

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले पाँच दिनभित्र क्रियाशील सदस्यता विवाद छिनोफानो गर्ने निर्णय गरेको छ । 

क्रियाशील छानविन समितिले टुंग्याउन नसकेका विवादित विषयलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको छ । 

अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरूको क्रियाशील सदस्यताबारे विवाद कायम छ । त्यसैगरी, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २ का तथा बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यबारे पनि छानबिन समितिले टुंगो लगाउन सकेको छैन । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १९:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया