अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बिहीबार एक पत्र लेख्दै स्टक एक्सचेन्ज लिमिटेडलाई स्पष्टीकरण सोधेको हो ।
महाशाखाले स्टक एक्सचेन्ज लिमिटेडलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको समाचार सञ्चारमाध्यममा आएपछि ३ दिन भित्र स्पष्टीकरण पेस गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।
‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका तहाँ लिमिटेडसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको,’ पत्रमा भनिएको छ, ‘सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३(तीन) दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।