जापानको टोकियोमा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् ।
सरस्वती ओलम्पिक स्टेडियम ट्रयाकमा शुक्रबार बिहान भएको महिला १०० मिटर दौड अन्तर्गत प्रारम्भिक चरणको हिट २ मा आठौँ स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएकी हुन् ।
यो हिटमा ९ खेलाडीको सहभागिता थियो । सरस्वतीले १२.९१ सेकेन्डको समय निकालिन् ।
योसँगै टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाउने पाँचै खेलाडी समूह चरणबाटै बाहिरिएका छन् ।
जारी ओलम्पिकमा सरस्वती सहित पौडीबाज गौरिका सिंह र एलेक्स शाह, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।