भारत विरुद्धको टि-२० सिरिज श्रीलंकालाई

भारत विरुद्धको टि-२० सिरिजमाथि घरेलु टोली श्रीलंकाले कब्जा जमाएको छ । उसले बिहीबार भएको अन्तिम तथा तेस्रो खेलमा ७ विकेटको सहज जित दर्ता गरेको हो।

जितसँगै उसले ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पार्‍याे । भारतले दिएको ८२ रनको झिनो लक्ष्य श्रीलंकाले १४.३ ओरभमा ३ विकेट गुमाएर प्राप्त गर्‍याे ।

श्रीलंकाका लागि धनन्जय डि सिल्भाले अविजित २३, मिनोद भानुकाले १८, विनान्दु हसरंगाले अविजित १४ रनको योेगदान दिए ।

भारतका लागि तीनै विकेट राहुल चाहरले हात पारे ।

यसअघि कोलम्बोस्थित प्रेमादासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि कुलदिप यादवले अविजित २३, भुवनेश्वर कुमारले १६ र रुतुराज गायकवाडले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ४,दासुन शनाकाले २, दुस्मान्थ चमिरा र रमेश मेन्डिसले समान १-१ विकेट लिए ।



पहिलो खेलमा ३८ रनले पराजित भएको श्रीलंका दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । 
 



  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार ७:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया