अमेरिकामा काेराेना विरुद्धकाे खाेप लगाउनेले १०० डलर पाउने

अमेरिकी प्रशासनले कोरोना विरुद्धकाे खाेप लगाउने मानिसलाई सय डलर दिने घोषणा गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि यस्तो घोषणा गरेको हो । 

पछिल्लो समयमा अमेरिकी नागरिकले खाेप लगाउनका लागि आनाकानी गर्दै आइरहेका छन् । 

खाेप लगाएवापत रकम प्राप्त गर्नका लागि खोप लगाएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

हालसम्म अमेरिकामा ५७.१ प्रतिशत अमेरिकीले मात्र पुरा डोज खोप लगाएका छन् । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा ६ लाख १२ हजार १०५ जनाले ज्यान गुमाएका छन् भने ३ करोड ४७ लाख ४५ हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । 
 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १०:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया