खोप पहिलो प्राथमिकता हो, सँगसँगै सुशासन पनि : प्रदीप गिरी

सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अहिलेको मुख्य आवश्यकता खोप सँगसँगै सुशासन पनि रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै गिरीले यस्तो बताएका हुन् । 

कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री बनेलगत्तै आफ्नो प्राथमिकता खोप, खोप र खोप मात्रै रहेको बताएको भन्दै गिरीले अहिले खोप मात्रै प्राथमिकताको विषय नभएर सुशासन पनि मुख्य प्राथमिकताको विषय रहेको बताएका हुन् । 

सरकारले जनताका लागि सबैभन्दा पहिले सुशासनको महसुस गराउनुपर्ने भन्दै गिरीले अहिलेको देउवा नेतृत्वको सरकारले खोप सँगसँगै सुशासनको पनि आभास गराउन सक्नुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १४:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया