टोकियो ओलम्पिकमा अमेरिकी पौडीबाज सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित पुरुष १०० मिटर बटरफ्लाईमा स्वर्ण पदक हात पारेका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा शनिबार बिहान ४९.४५ सेकेन्डको समय निकाल्दै ड्रेसलले आफ्नै नाममा रहेको ४९.५० सेकेन्डको विश्व कीर्तिमान सुधार गरेका हुन् ।
ड्रेसलको टोकियो ओलम्पिकमा यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले १०० मिटर फ्रिस्टाइल र ४ गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्ण हात पारेका थिए ।
यो स्पर्धामा हंगेरीका क्रिस्टोफ मिलकले ४९.६८ को समय निकाल्दै रजत र स्विट्जरल्यान्डका नोई पोन्टीले ५०.७४ सेकेन्डको समय निकाल्दै कास्य पदक हात पारे ।
महिला २०० मिटर ब्याकस्ट्रोकमा अस्ट्रेलियाकी काइली म्याक्किओनले स्वर्ण, क्यानडाकी केली मासेले रजत र अस्ट्रेलियाकी इमिली सिभोमले कास्य पदक हात पारे ।
काइलीले २ मिनेट ४.६८, केलीले २ मिनेट ५.४२ र इमिलीले २ मिनेट ६.१७ सेकेन्डको समय निकाले ।
महिला ८०० मिटर फ्रिस्टाइलमा अमेरिकाकी क्याथलिन लेडिकीले स्वर्ण, अस्ट्रेलियाकी एरिएर्नी टिटनसले रजत र इटालीकी सिमोना क्युएड्रेलाले कास्य पदक हात पारे ।
क्याथलिनले ८ मिनेट १२.५७, एरिएर्नीले ८ मिनेट १३.८३ र सिमोनाले ८ मिनेट १८.३५ सेकेन्डको समय निकाले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।