सत्तारुढ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सबै जनतालाई तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नका लागि सरकारलाई आग्रह गरेका छन् ।
काठमाडौंको ढल्कोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सबै जनतालाई खोप उपलब्ध गराउनका लागि सरकारको ध्यानकर्षण गराए । उनले जनताको स्वास्थ्यमा सरकारको ध्यान पहिले पुग्नुपर्ने बताए ।
नेता सिंहले भारतीय कोरोना खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको संख्या अत्यधिक रहेको भन्दै ती नागरिकका लागि तत्काल कोभिसिल्डको दोस्रो मात्राको व्यवस्था गर्नुपर्ने बताए ।
संसदमा विश्वासको मत लिँदै प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता नै कोरोना खोप रहेको बताएसँगै सरकारले त्यसमा काम गर्नुपर्ने सिंहले बताए । उनले भने, ‘सरकारको प्राथमिकता नै कोरोना खोप भएपछि जनताका लागि खोपको व्यवस्था त गर्नुपर्यो नि ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।