क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिँदै बेन स्टोक्स

इङ्ग्ल्यान्डका अल राउन्डर वेन स्टोक्सले सबैखाले क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिने निर्णय गरेका छन् ।  

स्टोक्सले मानसिक स्वास्थलाई प्राथमिकतामा राख्न तथा चोट लागेको देब्रे हातको औँलालाई आराम दिन अनिश्चित कालका लाग विश्राम लिने निर्णय गरेको इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले जनाएको छ । 

स्टोक्सको यो निर्णयसँगै उनले घरेलु मैदानमा हुने भारत विरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । 

‘स्टोक्सले आफूलाई मानसिक तनाव रहेको स्वीकारेका छन्, त्यत्तिको साहस देखाउन सक्नु नै ठूलो कुरा हो’, इसिबीका प्रबन्ध निर्देशक एस्ले जाइल्सले भनेका छन्, ‘अधिकांस खेलाडीहरु मानसिक दबाबमा रहे पनि भन्न सकिरहेका हुँदैनन् ।’
 
‘हाम्रा मानिसहरुको मानसिक स्वास्थ्य र कल्याणलाई हामी सधै प्राथमिकतामा राख्नेछौँ’, जाइल्सले थपे ।
 
औँलाको चोटसँग संघर्ष गरिरहेका स्टोक्सले परिवारसँग समय बिताउन चाहेका छन् । उनी आगामी नोभेम्बरमा हुने टि–२० विश्वकपका लागि टोलीमा फर्कन सक्ने अनुमान गरिएको छ । 

इंग्ल्यान्ड–भारत पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो खेल अगस्ट ४ मा हुने छ । इङ्ग्ल्यान्डले स्टोक्सको स्थानमा तीव्र गतिका बलर क्रेग ओभरटनलाई टोलीमा बोलाएको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १३:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया