सत्तारुढ दल जनता समाजवादी पार्टीको संसदीय दलको बैठक जारी छ । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएपछि संसदीय दलको बैठक बसेको हो ।
जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा दलको नेता चयन मुख्य एजेन्डा रहेको छ । निर्वाचन आयोगले आधिकारिकता विवाद निरुपण गरेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो ।
जसपाले सर्वसम्मतिमा दलको नेता चयन गर्न लागेको बैठकमा सहभागि एक सांसदले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा २१ जना सांसदको उपस्थिति रहेको छ ।
बैठकले संसदीय दलको नेतासँगै पार्टी अन्य विषयमा पनि छलफल गरेर टुङ्गो लगाउने तयारी गरेको छ । सरकारमा सहभागी हुने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।