ओलीले अध्यक्ष छाडे मात्रै एमाले एकता हुन्छ : झाँक्री
फाइल तस्बिर

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पद त्यागेमात्रै पार्टी एकता सम्भव रहेको बताएकी छन् । झाँक्रीले ओली अध्यक्ष रहेसम्म आफूहरु एकतामा जान नसक्ने उनले बताइन् । 

काठमाडौंमा आयोजित अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै झाँक्रीले ओलीलाई पार्टी अध्यक्ष मानेर कुनैपनि हालतमा एमाले एकता सम्भव नभएको बताएकी हुन् । एकताका लागि ओलीले अध्यक्ष पद छाड्नुपर्ने उनको भनाइ छ । 

झाँक्रीले पार्टी एकताका लागि ओलीले आत्मालोचनासहित अध्यक्ष पद त्यागेर प्रतिगामी कदममा माफी मागेमात्रै एकता सम्भव भएको बताइन् । उनले प्रतिगामी अध्यक्षसँग कुम जोडेर बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढ नहुने दाबी गरिन् । 

पुस ५ र जेठ ७ को कदम प्रतिगमन कि जनादेश भन्ने विषयमा अध्यक्ष ओली प्रष्ट नहुन्जेलसम्म एकताको बाटो नखुल्ने झाँक्रीले बताइन् । उनको प्रश्न छ, ‘चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया