नयाँ पार्टी खोल्न हतार नगर्ने ठाकुर पक्षको निष्कर्ष, निर्वाचित पद जोगाउँदै समानान्तर अभ्यासमा लाग्ने

जनता समाजवादी पार्टीको कारबाहीमा परेको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले नयाँ पार्टी खोल्न हतार नगर्ने निष्कर्ष निकालेको छ । 

शनिबार ठाकुर पक्षको कार्यकारिणी सदस्यहरूको बैठकले अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई पार्टीबाट ननिकालेसम्म जसपामै रहने निष्कर्ष निकालेको हो ।  

अहिले जसपामा नै रहेर समानान्तर गतिविधि अघि बढाउने ठाकुर पक्षको निर्णय छ । सकेसम्म पुरानो राष्ट्रिय जनता पार्टी नाम निर्वाचन आयोगबाट लिन पहल गर्ने, राजपा पाउन नसके लोकतान्त्रिक समाजवादी पार्टी नामक पार्टी खोल्ने तयारीमा ठाकुर निकट नेताहरु लागेको बुझिएको छ । 

तत्काल नयाँ पार्टीको घोषणा गर्नेबित्तिकै नयाँ पार्टीमा सम्बद्ध व्यक्तिहरूलाई उपेन्द्र पक्षले कारबाही गर्ने सम्भावनाका कारण सो समूह तत्काल नयाँ पार्टी नखोल्ने निष्कर्षमा पुगेको हो । 

कारबाहीमा परेपछि प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचितहरुको पद जाने सम्भावना हुन्छ। त्यसैकारण अहिले नै नयाँ पार्टी नखोल्ने निष्कर्षमा ठाकुर पक्ष पुगेको हो । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १९:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया