केन्द्रमा माओवादीका नाममा सांसद दाबी, जिल्लामा आइटी आर्मीका नाममा प्रदर्शन

नेकपाको विघटनपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको खेमामा लागेर मन्त्री बनेका प्रभु शाहले एकातिर माओवादीकै तर्फबाट सांसद रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् भने  अर्कोतर्फ उनकै अगुवाइमा एमालेनिकट आइटी आर्मी गठन भएको छ । 

केन्द्रमा साह माओवादीको सांसद दाबी गर्दै सर्वोच्चमा धाइरहेका छन् भने उनको गृहजिल्ला रौतहटमा उनका कार्यकर्ता एमालेनिकट आइटी आर्मीका तर्फबाट मोटरसाइल र्याली प्रदर्शन गरिरहेका छन् । 

पूर्वसहरी विकासमन्त्रीसमेत रहेका प्रभु साहको अगुवाइमा गठन भएको आर्मीका केन्द्रीय संयोजक सिबी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा रौतहटमा र्याली निकालिएको हो । 

रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाई नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका साहका समर्थक मोटरसाइकल र्यालीमा सहभागी थिए । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २१:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया