आज कुन-कुन खोलामा बाढी आउने ?

देशमा मनसुन भित्रिएसँगै विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । वर्षासँगै खोलानदीमा बाढीको प्रकोप आउनसक्ने हुनाले बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी सतर्कता अपनाउँदै आइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीमा बहाव सामान्य रहेको छ । 

महाशाखाका अनुसार आज महाकालीमा उल्लेख्य बहाव बढ्नेछ । कोशी, नारायणी, कर्णाली र यिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । 

कन्काई र बबईमा बहाव बढ्ने, कलमा, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती लगायतमा सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना :





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार ८:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया