विवेकशील साझामा रवीन्द्र मिश्रको काउन्टर प्रपोजल लेखिँदै

विवेकशील साझा दलमा अध्यक्ष रवीन्द्र मिश्रको प्रतिवेदनलाई लिएर ठूलो असन्तुष्टि देखिएको छ । विशेषगरि यसअघि विवेकशील दल खेमाबाट आएकाहरुले मिश्रको प्रतिवेदनको चर्को आलोचना गरिरहेका छन् ।

केही दिनअघि मिश्रले एक प्रतिवेदन प्रस्तुत गर्दै देशमा गणतन्त्र र धर्मनिरपेक्षता आयातित भएको र संघीयताबारे बहस गर्नु पर्ने बताएका थिए । उनको यो प्रस्ताव आएसँगै विवेकशील साझा दुई फ्याक्सनमा विभाजित भएको छ ।

त्यसो त यो दलका संयोजक मिलन पाण्डेले मिश्रको यो धारणा उनको व्यक्तिगत भएको र पार्टीको नभएको बताउँदै आएका छन् । उनले यसबारे पार्टीले केही समयपछि विश्लेषण गर्ने र छलफल गर्ने पनि बताएका छन् ।

याे पनि पढ्नुहाेस्— 

[टिप्पणी] विवेकशील साझा चाँडो नयाँ दस्तावेज ल्याऊ

मिश्रजी ! हेलो रवीन्द्र मिश्रजी !!



अर्कोतिर विवेकशील साझामा केही नेताहरु मिश्रको प्रतिवेदनको काउन्टर प्रपोजल लेख्न तयार भएका छन् ।

विवेकशील साझाका एक उच्चपदस्थ नेताका अनुसार यो काउन्टर प्रपोजल यही साताभित्र आउनेछ ।



‘रन्जु दर्शना, केशव पाण्डेहरु अहिले मिश्रलाई चुनौति दिनेगरि प्रपोजल लेखिरहेका छन्,’ ती नेताले फरकधारलाई भने, ‘यही साताभित्र यसलाई बाहिर ल्याइन्छ होला । तर, यो मिलन पाण्डेको नाममा चाहिँ हुँदैन ।’

मिलन पाण्डेको नाममा यो प्रस्ताव ल्याउँदा विवेकशील साझामा सोझै मिश्र भर्सेस पाण्डे देखिने भएकाले पनि पाण्डेको नाममा यो राजनीतिक प्रस्ताव नल्याइने ती नेताले बताए ।

‘पाण्डेको नाममा ल्याइयो भने पाण्डे र मिश्रका गुट बन्छन्, पार्टीमा दुई धार प्रष्ट हुन्छ र पार्टी फुट्छ,’ ती नेताले भने, ‘त्यसैले यो प्रस्ताव रन्जु दर्शना, केशव पाण्डेको संयुक्त नाममा ल्याउने तयारी गरिएको छ ।’

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार ११:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया