सुर्खेतमा निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी
पाँच सयभन्दा बढी संक्रमित

सुर्खेतमा जारी निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ । कोरोना संक्रमितको सक्रिय संख्या पाँच सय बढी नाघेपछि जिल्ला प्रशासनले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि निगरानी बढाउँदै पसल खोल्ने समय तय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

निषेधाज्ञा रोक्न थप कडाइ गरिए पनि वीरेन्द्रनगरमा खाद्यान्नलगायतका अन्य पसलहरू भने आज (आइतबार) देखि बिहान ९ बजेबाट साँझ ६ बजेसम्म पसल खोल्ने निर्णय गरिएको छ।

औषधि तथा औषधीजन्य पसल, पेट्रोल पम्प चौबीसै घण्टा र तरकारी, फलफुल तथा दुधजन्य पसल दैनिक विहान ६ देखि साँझ ६ बजेसम्म खोल्न सकिने स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ । 

सुर्खेतमा साउन २२ गते रातिसम्म निषेधाज्ञा जारी गरिएको छ ।

 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १२:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया