चीन र जापानबाट यसै साता १६-१६ लाख डोज खोप आउँदै

चीन र जापानबाट नेपालमा यसै साता १६–१६ डोज खोप आउने भएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले सो जानकारी दिएका हुन् । 

सिंहदरबारमा आयोजित बैठकमा उनले सरकारले कोभिड नियन्त्रणका लागि सय दिने योजना तयार पार्न लागेको बताए । एक साताभित्रै दुई देशबाट ३२ लाख डोज खोप ल्याउने उनले बताए । ४० लाख डोज फाइजर खोप खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । 

बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी सहभागी थिए ।

कोभिड नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यक देखिएकाले सोहीअनुसार काम गर्ने सरकारको योजना रहेको उनको भनाइ छ । मन्त्री खाणले कोभिड नियन्त्रण चुनौतीपूर्ण रहेकाले सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए । 

खाणले कोभिडको तेस्रो लहर आउनुअघि नै सीमामा कोभिड खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य राज्यमन्त्रीलाई पनि गरे । उनले अक्सिजनको व्यवस्था मिलाउन पनि सबैलाई आग्रह गरे ।  





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १६:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया