सत्ता गठबन्धनलाई सघाउने कार्यदलको बैठक बालुवाटारमा

सरकार सञ्चालनका लागि सघाउने जिम्मेवारीसहित सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको छ । सरकारमा सहभागी दलका तर्फबाट सदस्यहरु रहेको कार्यदलको बैठक अहिले बालुवाटारमा जारी छ । 

सरकारलाई सफल बनाउनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट बनेको कार्यदलको बैठकले सरकारको मुख्य प्रथामिकता र कार्यशैलीको विषयमा योजना बनाउने तथा सरकारलाई सुझाव दिनेछ । 

कार्यदलको आजको बैठकमा सरकारी नियुक्तिका लागि मापदण्ड, सरकारको न्युनतम कार्यक्रम, विभिन्न नीति तथा कार्यक्रम बनाउनका लागि गम्भीर छलफल भइरहेको बताइएको छ । 

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १७:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया