आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पुरुष पक्राउ
सांकेतिक तस्बिर

अर्घाखाँचीमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । ती पुरुषलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । 

आफ्नै घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १८:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया