ए डिभिजन लिग : पछि सर्‌याे, पुरस्कार बढ्यो
फरकधार / १७ साउन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । असोजबाट कात्तिकका लागि सारिएको ए डिभिजन लिगको पुरस्कार बढाएर ७५ लाख पुर्याइएको हो । 



यसअघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको जनाएको छ । 



नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै, एन्फाले क्लबलाई तयारी खर्चका लागि २०–२० लाख समेत उपलब्ध गराउनेछ ।



एन्फाले लिग सुुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिकाअनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । 



ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमति भएको जनाएको हो । यसअघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडि सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरिसकेको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १९:८:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया