पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार डा.मोइद युसुफले पाकिस्तानले अरू धेरै शरणार्थीको बोझ उठाउन नसक्ने बताएका छन् ।
अमेरिकाको वासिङटन डिसीमा आयोजित एक सम्मेलनमा बोल्दै युसुफले यस्तो बताएका हुन् । उनले शरणार्थीका लागि अफगानिस्तानभित्रै सुरक्षित बनाउन जोड दिए ।
युसुफले अफगानिस्तानको सुरक्षा चिन्तालाई हटाउन पाकिस्तान र अमेरिका मिलेर काम गर्न जरुरत रहेको बताए । ‘दुर्भाग्यले विगतमा पाकिस्तान विरुद्ध गतिविधिका लागि अफगान धर्तीको प्रयोग गरियो’, उनले भने ।
युसुफले अझै पनि पाकिस्तानी विरोधी क्रियाकलापका लागि यस धर्तीको प्रयोग भइरहेको दावी गरे ।
यसभन्दा पहिला १० जुलाईमा विदेश मामिलामन्त्री शाह महमुद कुरैशीले पाकिस्तानले विगत केही वर्षमा ३० लाखभन्दा धेरै शरणार्थीलाई आश्रय दिएको जिकिर गरेका थिए।
उनले शरणार्थीको रूपमा अराजक तत्व पाकिस्तान घुस्न सक्ने भन्ने चिन्ता व्यक्त पनि गरेका थिए ।
तालिवानले अफगानिस्तानमा कब्जा जमाउँदै गएपछि पाकिस्तान छिर्ने अफगानीकाे संख्या बढ्दै गएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।