इरानविरुद्ध एक भए अमेरिका र बेलायत, हमलाकाे दाेष इरानलाई

अमेरिका र बेलायतले हासचालै एक तेल ट्यांकरमा भएको हमलालाई लिएर इरानलाई जिम्मेवार ठहराएका छन् । 

बिहीबार इजरायली कम्पनीबाट सञ्चालन भएको  तेलको ट्यांकरमाथि हमला हुँदा एक बेलायती र एक रोमानियाको नागरिकको मृत्यु भएको थियो । 

यही घटनालाई लिएर दुवै देशले इरानको हात रहेको आरोप लगाएका छन् । दुवै देशले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै यसको जवाफ दिनुपर्नेमा जाेड दिएका छन्।

इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले पनि यस हमलामा इरानको हात भएको बताएका थिए । यद्यपि इरानले यी सबै आरोपलाई अस्वीकार गर्दै आएकाे छ ।

मार्च महिनादेखि लिएर अहिलेसम्म इजरायल र इरान हुँदै चल्ने तेलको ट्यांकरमा धेरै पटक आक्रमण भइसकेको छ । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ११:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया