दार्चुला घटनामा गृहमन्त्रीलाई कोमल ओलीको प्रश्न : भारतकाे कम्फर्टेबल बन्न खोजेको हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल ओलीले दार्चुलामा भारतीय एसएसबीले तुइन काट्दा नेपाली युवाको ज्यान गएको घटनामा सरकारमाथि प्रश्न उठाएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणमाथि प्रश्न गर्दै सांसद ओलीले दार्चुला घटनामा सरकारले छानबिन समिति मात्रै बनाएर नहुने भन्दै उक्त घटनामा सरकारले भारत सरकारसँग घटनाका विषयमा गम्भीर भएर वार्ता गर्नुपर्ने बताएकी हुन् ।

सांसद ओलीले उक्त घटना मानवता विरोधी भएको भन्दै नेपाली युवा जयसिंह धामीको निधनबारे छानबिन मात्रै गर्ने नभई उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरेकी छन् । उनले सरकारले के काम गरिरहेको छ भन्दै प्रश्न गरिन् । 

एसएसबीले तुइन काटेको घटना अमानवीय र आपराधिक मात्रै नभएर भारतको हेपाइ भएको भन्दै ओलीले सरकारले त्यस विषयमा छानबिन समिति बनाएर मौन रहेर भारत को कम्फर्टेबल बन्न खोजेको त होइन भन्दै प्रश्न गरिन् । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १३:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया