५ करोड २३ लाख डोज कोरोना खोप नेपाल भित्रने अवस्थामा

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सवा ५ करोड डोज कोरोना खोप नेपाल भित्रने अवस्थामा रहेको बताएका छन् । मन्त्री श्रेष्ठले अनुदान सहयोग, कोभ्याक्स कार्यक्रम र खरिद प्रक्रिया सबै गरेर ५ करोड २३ लाख डोज खोप नेपाल भित्रने अवस्थामा रहेको बताए ।

त्यस्तै, बालबालिकालाई लक्षित गरेर फाइजर कम्पनीबाट ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए । अहिलेसम्म ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उनको भनाइ छ । 

नेपालले आगामी असोज अन्त्यसम्म दुई करोड डोज कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएको छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी असोज महिनाको अन्त्यसम्म दुई करोड डोज खोप आपूर्ति हुने सुनिश्चित भइसकेको बताए । 

सोमबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख डोज, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख डोज खोप ल्याउने प्रक्रियामा रहेको बताए । १ करोड ५० लाखमध्ये ४० लाख डोजका लागि भुक्तानी समेत भइसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको उनको भनाइ छ । 

असामान्य अवस्थामा पनि खोप आपूर्ति तथा प्रभावकारी वितरणद्वारा निकट भविष्यमा महामारी नियन्त्रण गरी जनजीवनलाई सहजता र सामान्यीकरण तर्फ लैजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिवद्ध रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १५:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया