सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै मन्त्रालयले परीक्षा स्थगित गर्ने तयारी गरेको हो । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी चाँडै निर्णय गर्ने बताए ।  

मन्त्री श्रेष्ठले आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना विषयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् । 

कोरोना महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले त्यसको तयारी थालेको हो । साउन ३१ गतेदेखि कक्षा १२ को बोर्ड परीक्षा हुँदैछ । स्वास्थ्य मन्त्रालयले कक्षा १२ को परीक्षासहित अन्य सबै खालका परीक्षा स्थगन गर्न प्रस्ताव गर्ने भएको हो ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १६:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया