इपिएलमा काठमाडौंको कप्तानी सन्दीपले गर्ने

एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौंथो संस्करणमा काठमाडौं किंग्स ११ को कप्तानी युवा क्रिकेटर सन्दीप लामिछानेले गर्ने भएका छन् । 

काठमाडौंले सोमबार टिमको कप्तानको जिम्मेवारी लेग स्पिनर सन्दीपले सम्हाल्ने जनाकारी गराएको हो । इपिएलको तेस्रो संस्करण ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीप यसै सिजन काठमाडौंमा आवद्ध भएका हुन् । 

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पनि यो सिजनको इपिएल काठमाडौंबाट खेल्ने पक्का भइसकेको छ । 

सन्दीपले दोस्रोपटक फ्रेन्चाइज टिमको कप्तानी गर्दैछन् । यसअघि, उनले पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । 

६ फ्रेन्चाइज टोलीको सहभागिता रहने इपिएलको चौँथो संस्करण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ देखि २३ सम्म हुनेछ । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १६:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया