प्रकाशले फ्रेन्ड्सबाट ‘ए’ डिभिजन लिग खेल्ने

ललितपुरको फ्रेन्ड्स क्लबले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि मिडफिल्डर प्रकाश बुढाथोकीलाई अनुबन्ध गरेको छ । 

थ्री स्टार, मनाङ मर्स्याङ्दी लगायतका क्लबबाट खेलिसकेका प्रकाशले अघिल्लो सिजनको लिग न्युरोड टिम (एनआरटी)बाट खेलेका थिए ।

फ्रेन्ड्सका कप्तान सरोज लामा मनाङ मर्स्याङ्दी क्लबमा आवद्ध भएका कारण क्लबले कप्तानको जिम्मेवारी पनि प्रकाशलाई नै सुम्पिएको छ । 

१४ टोलीको सहभागिता रहने लिगको नयाँ सिजन आगामी कार्तिक २९ देखि सुरु हुँदैछ ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १६:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया