सर्वोच्चको फैसलाले ओलीलाई फाइदा, कर्णालीका चार सांसदको पद गयो

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य रहेका चार सांसदलाई पदमुक्त गराएको छ । पार्टीले गरेको भ्याकेट निवेदनमा अदालतले सांसद पदमुक्त हुने फैसला गरेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले सोमबारको सुनुवाइपछि आफू आवद्ध संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यता अनुकूल नभएको फैसला गरेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले गरेको कारबाहीका विरुद्धमा सर्वोच्च गएका कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पद  सर्वोच्चको फैसलामार्फत गएको हो । 

यसअघि, पार्टीको निर्णयविपरीत मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएर सरकारमा सामेल भएपछि एमालेले उनीहरुमाथि कारबाही गरेको थियो । तर, चारैजना सांसद पार्टीको कारबाही विरुद्ध अदालत गएका थिए । 

उनीहरुले पार्टी कारबाही विरुद्ध मुद्दा हालेपछि सर्वोच्चले चारैजनाको पद यथावत रहनेगरी निर्णय गरेको थियो । त्यसका विरुद्ध पार्टीले भ्याकेट निवेदन हालेपछि उनीहरु आजको फैसलाबाट पदमुक्त भएका हुन् । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १७:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया