धादिङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

धादिङमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका छन्।

जिल्लाको बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले ४२ वर्षीया श्रीमती भीममाया विकको हत्या गरेका हुन् । 

खेतमा काम गर्न जाँदै गरेको अवस्थामा उनले श्रीमतीको कोदालो र हसियाँ प्रहार गरी हत्या गरेपछि आफूले डोरीको पासो लगाइ रूखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । 

छिमेकीहरूले आपसी विवादका कारण श्रीमतीको हत्या गरेको बताएका छन् । 

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार ७:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया