अजय देवगण अभिनित चलचित्र भुजको ट्रेलर सार्वजनिक

बलिउड कलाकार अजय देवगण अभिनित चलचित्र भुजको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । 

देवगणले सामाजिक सञ्जालमा पोस्ट गर्दै भुजको दोस्रो ट्रेलर सार्वजनिक भएको जानकारी दिएका हुन् ।

फिल्ममा अजय देवगणको साथमा सोनाक्षी सिन्हा, नोरा फतेही, संजय दत्त र एमी विर्क लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई अभिषेक धुधैयाले निर्देशन गरेका हुन् । । सन् १९७१ मा भारत पाकिस्तानबीच भएको लडाइँलाई लिएर फिल्मको कथा बनाइएको छ ।

फिल्म अगस्ट १३ मा डिजिटल प्लेटफर्म मार्फत् रिलिज हुनेछ । 

सन् १९९१ मा फूल और काँटे फिल्मबाट बलिउडमा प्रवेश गरेका देवगणले १०० भन्दा बढी फिल्म खेलिसकेका छन् ।



हेर्नुहाेस् ट्रेलर :



  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १४:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया