ऊर्जामन्त्रीले मागिन्, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग राजीनामा

ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी छन् । 

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ऊर्जामन्त्री भुसालले निर्देशक शाक्यलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गरेकी हुन् । 

शाक्यको अहिलेसम्मको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न आग्रह गरेको स्रोतले बताएको छ । 

०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । 

त्यसअघि ०७७ कात्तिक २१ बाट उनी कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १७:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया