दिनभर लाइनमा बस्दा पनि कोरोनाविरुद्धको खोप लगाउन नपाएको गुनासो

सरकारले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन । 

अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिँदा खोप केन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ । काठमाडौंमा विभिन्न खोप केन्द्रबाट खोप निरन्तर लगाइएको  छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ । 

दिनभर लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन् । थापाथलीस्थित प्रसूतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफूहरुले खोप लगाउन नपाएको गुनासो गरेका छन् । 

सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ । लक्षित समुह भनेर सरकारले नागरिकहरुलाई विभेद गरेको भन्दै उनीहरुले पहुँचवालाले मात्रै खोप लगाउन पाउने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १८:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया