मध्यपश्चिम विश्वविद्यालय : उपकुलपतिको फोटो झुन्ड्याएर कुकुर अभिनन्दनसहित प्रदर्शन

संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकुलपति डा. नन्दबहादुर सिंहविरुद्ध कुकुर अभिनन्दन कार्यक्रमसहित प्रदर्शन गरेका छन् ।

उपकुलपतिले आफ्ना १८ बुँदे मागप्रति चासो नदेखाएको, आधिकारिक रुपमा वार्ताको पहल नगरेको भन्दै आन्दोलनका कार्यक्रमलाई थप चर्काउँदै उनीहरुले कुकुरको शरीरमा उपकुलपतिको फोटो टाँसेर प्रदर्शन गरेका हुन् । 

केही दिनअघि उपकुलपति सिंहले ‘मेरा कुलपति केपी शर्मा ओली हुन्’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रदर्शनकारीले उपकुलपतिको सो भनाइसहित उनको फोटो  कुकुरको शरीरमा टाँसेर प्रदर्शन गरेका थिए । उपकुलपतिले तत्काल राजीनामा दिनुपर्नेलगायतका पर्चा पनि उनीहरुले बोकेका थिए । 

अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी केन्द्रीय सदस्य तिर्सना हमालका अनुसार पहिलो चरणमा पाँचजना तथा दोस्रो चरणमा २४ जना विद्यर्थीमाथि लगाइएको झुटाे मुद्दा तत्काल फिर्ता नलिएसम्म वार्तामै नबस्ने बताएकी छन् ।
 
आफ्ना १८ बुँदे मागबाट पछि नहट्ने र त्यसको सामना तथा समन्वय गर्न नसके उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने उनले चेतावनी समेत दिइन् ।

विश्वविद्यालय प्रशासनले तय गरेका परीक्षाका कार्यक्रम पटक–पटक गरी दुईपटक स्थगित भइसकेका छन् । दैनिक विद्यार्थी तथा प्राध्यापकहरुको आन्दोलनले विश्वविद्यालयको पठन–पाठनमा अवरोध सिर्जना गरेको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार २१:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया