अक्षय कुमार अभिनित चलचित्र ‘बेलबटम’को ट्रेलर सार्वजनिक

बलिउडमा खेलाडीको रूपमा चर्चित कलाकार अक्षय कुमार अभिनित चलचित्र‘बेलबटम’ को ट्रेलर सार्वजनिक भएको छ । 

अक्षय कुमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रेलर सार्वजनिक भएको जानकारी दिएका हुन् । 

चलचित्रमा अक्षय कुमारको साथमा वाणी कपुर, हुमा कुरैशी र लारा दत्ताको शीर्ष भूमिका रहेको छ । चलचित्रमा वाणी कपुरले अक्षयकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् । 

चलचित्र सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित रहेको छ । लगातार पाँच पटक प्लेन हाइज्याक भएपछि भारत सरकारले यस अप्रेसनका लागि एक जासुस ल्याएको थियो । जसको कोड नाम बेल बटम थियो । 

चलचित्रलाई रंजित तिवारीले निर्देशन गरेका हुन् । चलचित्र १९ अगस्टमा रिलिज हुनेछ । 

ट्रेलर हेर्नुहाेस् :





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार ७:२५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया