राज्यसत्ता नै परिवर्तन भएजस्तो अस्तव्यस्त र अराजकता सिर्जना भयो : शंकर पोखरेल

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केन्द्रमा सरकार परिवर्तन भएसँगै अस्तव्यस्त बनाउने र अराजकता सिर्जना गर्ने काम भइरहेको बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले सरकार परिवर्तन भएपनि राज्यसत्ता नै परिवर्तन भएको जस्तो अराजकता बढेको बताएका हुन् । स्वार्थ समूहले सरकार परिवर्तन भएसँगै सबै क्षेत्रमा अस्तव्यस्त बनाउन थालेको उनको भनाइ छ । 

पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार परिवर्तन राज्यसत्ता परिवर्तन फरक भएको आशयसहित अहिले सरकारको नेतृत्वमा रहेको दलको स्वार्थ समूहले सबै क्षेत्र अस्तव्यस्त बनाएको आरोप लगाएका हुन् । 

पोखरेलले लेखेका छन्, स्वार्थ समूहबाट संचालित यस्ता अनुचित र अवाञ्छित क्रियाकलापप्रति सरकार उदार र सहयोगी देखिनु राम्रो होइन । सचेत बनौँ ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १२:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया