भूमि आयोगको खारेजीबारे माओवादीलाई बाँस्कोटाको प्रश्न : सर्वहाराको प्रतिनिधिले कसरी ल्याप्चे लायो ?

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भूमि आयोग खारेज गर्ने सरकारको कदम अपेक्षित नै रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

तर, बाँस्कोटाले आयोग खारेज गर्ने निर्णयमा माओवादी केन्द्रको सहमति रहेको विषयमा भने आश्चर्य व्यक्त गरेका छन् । उनले सर्वहारा वर्गको महान् प्रतिनिधि ठान्ने माओवादीले त्यस्तो निर्णय कसरी मान्यो भन्दै आश्चर्य व्यक्त गरेका हुन् । 

१७ लाख जनताको भूमि समस्यालाई समाधान गर्नका लागि गठन भएको आयोग खारेजी गर्ने निर्णयमा माओवादीले कसरी समर्थन जनायो भन्ने प्रश्न गरेका हुन् । 

बाँस्कोटाको प्रश्न छ, ‘अचम्मित यसमा छु कि आफूलाई सर्वहारा वर्गको महान प्रतिनिधी भन्ने माओवादीले झण्डै १७ लाख भूमिहीन जनतालाई खुल्ला आकाशमुनि वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो ?’

बाँस्कोटाले परमादेशबाट बनेको सरकारले जनताको समस्या समाधानका लागि बनेको आयोग खारेज गर्दा आफू अचम्मित नभएको बताए । उनी लेख्छन्, ‘भूमि आयोगको खारेजीलाई म चै अनपेक्षित कदम ठान्दिनँ । यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो ।’





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १४:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया