पचली भैरव मन्दिरमा पुनर्निर्माणको काम सुरु

काठमाडौंको टेकुस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो । 

२०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । ८९ लाख ५५ हजार लागत अनुमान गरिएको सो पुनर्निर्माणको काम महानगरपालिका भित्र रहेका सबै सम्पदाहरूको संरक्षण, सम्वर्द्धन गरी पर्यटनसँग जोड्ने अभियान अन्तरगत सुरु गरिएको मेयर शाक्यले बताए । 

मेयर शाक्यले काठमाडौं महानगरपालिका भित्र विश्व सम्पदा सूचीमा सूचीकृत ४ वटा विश्व सम्पदा रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा ध्यान केन्द्रित गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरे । विश्व सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । 

काठमाडौं महानगरपालिकाले भूकम्पले क्षति पु¥याएका सम्पदाहरूको पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएको छ । त्यसलाई सहयोग पु¥याउन चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले पनि ३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया