पाकिस्तानले अल्लाह बनाएको होइन : अफगानी उपराष्ट्रपति

अफगानिस्तानका प्रथप उपराष्ट्रपति अमरुल्लाह सालेहले पाकिस्तानले अल्लाह नबनाएको बताएका छन् । 

मंगलबार राति राजधानी काबुलमा तालिवान र पाकिस्तानको विरोधमा एक जुलुस निकालिएको थियो । सोही जुलुसमा उपराष्ट्रपति अमरुल्लाहले पनि भाग लिएका थिए। उनले सडकमा उत्रिँदै अल्लाह-हाे-अकबरको नारा लगाएका थिए ।

जुलुसपछि उनले ट्विटरमा लेखेका थिए,‘काबुलका जनताका साथमा आवाज मिलाउनु एक ऐतिहासिक पल थियो । अल्लाह-हाे-अकबर, तालिवानका आतंकवादी र उनका समर्थक मुर्दाबाद !’

अफगान उपराष्ट्रपतिले यसभन्दा पहिला पनि खुलेर पाकिस्तानको विरोध गर्दै आइरहेका छन् । 

पछिल्लो महिना उनले सन् १९७१ को युद्धमा भारतको अगाडि पाकिस्तानले आत्मसमर्पण गरेको फोटो ट्विटरमा सेयर गरेका थिए । त्यसपछि पाकिस्तानका सूचना र प्रसारणमन्त्री फवाद चौधरीले कडा शब्दमा जवाफ फर्काएका थिए ।

पछिल्लो समय अमेरिकी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा हिंसा बढ्दै गइरहेको छ ।



अफगानिस्तानले पाकिस्तानले तालिवानलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । यता पाकिस्तानले भने यस कुरालाई अस्वीकार गर्दै आइरहेको छ। 


 



  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १४:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया