टोकियो ओलम्पिक : ब्राउन बनिन् बेलायतलाई ओलम्पिक पदक दिलाउने सबैभन्दा कम उमेरकी खेलाडी

जापानको टोकियोमा जारी ३२ औँ ग्रिष्मकालीन ओलम्पिकमा पहिलोपटक समावेश गरिएको स्केट बोर्डिङमा कास्य पदक जित्दै स्काइ ब्राउन बेलायतका लागि ओलिम्पक पदक दिलाउने सबैभन्दा कम उमेरकी खेलाडी बनेकी छन् । 

१३ वर्षीया ब्राउनले बुधबार विहान भएको महिला पार्क फाइनलमा ५६.४७ अंक जोड्दै कास्य पदक हात पारेकी हुन् । 

जापानिज खेलाडी साकुरा योसोजुमीले ६०.०९ अंक जोड्दै स्वर्ण हात पार्दा जापानकै कोकोना हिराकीले ५९.०४ अंक जोड्दै रजत पदक जितिन् । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया