क्रिकेट एकेडेमी खाेल्दै पारस खड्का​

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै अबको १/२ महिनाभित्र क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशैभर फैलाउने योजना रहेको बताएका हुन् । 

‘क्रिकेट एकेडेमी सञ्चालन गर्ने सोचमा छु र त्यसलाई नेपालभर फैलाउने योजना छ’, पारसले भने, ‘अबको १/२ महिनामा लन्च (सार्वजनिक) गर्नेछु , राम्रोसँग एकेडेमी गरौँ भन्ने सोच छ ।’

पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि घरेलु क्रिकेट भने खेल्ने बताएका छन् । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:२०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया