आजको मौसम यस्तो रहनेछ, यी प्रदेशमा भारी वर्षा
फरकधार / २१ साउन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।



हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 



मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।



आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।







  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार ६:२६:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया